• ८ जेष्ठ २०८१, मंगलवार
  • 9:18 am

सभामुखसँग प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको छलफल सुरु

प्रकाशित मिति

२६ चैत्र २०८०, सोमबार १५:०७

चैत्र २६, २०८० काठमाडौँ: सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरुसँगको बैठक सुरु भएको छ ।

केहीबेरअघि सिंहदरबारस्थित सभामुखको कार्यालयमा बैठक सुरु भएको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध नेपाली कांग्रेसले संसदमा निरन्तर आवाज उठाउँदै संसद अवरोध गरेपछि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलसँग छलफल गरेका हुन् ।

जारी छलफलमा प्रधानमन्त्री प्रचण्डसहित, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ती दलका प्रमुख सचेतक समेत बैठकमा सामेल रहेका छन् ।

सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लगाउँदै कांग्रेसले गृहमन्त्रीको विषयमा छानबिन गर्न छानबिन समिति बनाउन माग गरिरहेको छ । यसअघिका संसद बैठकमा निरन्तर अवरोध गरिरहेको कांग्रेसले आगामी बैठकमा थप कठोरताका साथ उभिने निर्णय गरेसँगै सभामुखले त्यसको पहलकदमी लिएका हुन् ।

प्रतिकृया