सुनसरीमा अझै तनाव, हटेन दुई पालिकामा कर्फ्यू
प्रकाशित मिति
२०८० चैत्र २६ गते, सोमबार ०१:२८
चैत्र २६, २०८० काठमाडौँ: सुनसरीमा दुई समूहबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यू अझै दुई पालिकामा जारी छ ।
हरिनगर र देवानगन्ज गाउँपालिकामा कर्फ्यू अझै जारी रहेको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए । गत शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम समूहबीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि ५ वटा स्थानीय तहमा कर्फ्यू लगाइएको थियो ।
सर्वदलीय बैठकपछि तनाव केहि कम भएपछि इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू खुकुलो बनाइएको छ ।
तर, हिंसा फैलिने सम्भावना अझै रहेकोले दुई पालिकामा भने कर्फ्यू अझै जारी रहेको फुयाँलले बताए ।
Related
Recent News
- लगातार ओरालो लागेको सेयर बजार बुधबार सामान्य बढ्यो
- प्रधानमन्त्रीबाट पाँचतारे होटल मर्क्योर उद्घाटन, नेपालको पर्यटन उद्योगलाई योगदान दिने विश्वास
- नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख
- माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
- निलम्बित दक्षिण कोरियाली राष्ट्रपतिले दिएनन् बयान
- मुद्दा अगाडि बढाउने आधार नभएकोले तारेखमा छोड्नुपर्ने रविको वकिलको माग
- ट्रम्पलाई युद्धको जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
- आशिका तामाङ पक्राउ
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
प्रतिकृया