• ८ जेष्ठ २०८१, मंगलवार
  • 9:54 am

आयरल्यान्ड ए सँग नेपाल पराजित

प्रकाशित मिति

२५ चैत्र २०८०, आईतवार १७:२८

चैत्र २४, २०८० काठमाडौँ: आयरल्यान्ड ए ले नेपाल ए लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ । एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्ड एले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुँदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए । त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए ।

त्यसैगरी आयरल्यान्ड एका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड एले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।

आयरल्यान्ड एका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

यो जितसँगै आयरल्यान्ड एले एकदिवसीय सिरिज ३-० ले जितेको छ । यस अघि आयरल्यान्ड एले टी-२० सिरिज २-१ ले जितेको थियो ।

प्रतिकृया