• 7:30 am

नेपालले भारतमा जित्यो उपाधि, फाइनलमा गुजरात १८ रनले पराजित

प्रकाशित मिति

२०८० चैत्र २५ गते, आईतवार ०५:०४

चैत्र २४, २०८० काठमाडौँ: नेपालले भारतमा फ्रेण्डसीप कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले पराजित गरेको हो ।

१७७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको गुजरात निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो । नेपालका लागि अभिनाष बोहराले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १७६ रन बनायो । नेपालका लागि रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले। कप्तान रोहित कुमार पौडेलले ७४ रन बनाए। उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

रोहितले ३३ बलमा ५० रन पूरा गरे। सो क्रममा उनले ३ छक्का र २ चौका प्रहार गरे । आसिफ शेखले ३४, कुशल भूर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए।

कुशल मल्लले ३१ रनमा र सन्दीप जोरा ७ रनमा अविजित रहे । गुजरातका लागि शेन पटेल र तेजस पटेलले १–१ विकेट लिए ।

बरोडा भने लिग चरणमै रोकिएको थियो । क्याप्टेन रोहित पौडेलसहितका सिनियर खेलाडीलाई आराम दिइएको बरोडासँगको लिग चरणको अन्तिम खेलमा भने नेपाल पराजित भएको थियो ।

प्रतिकृया