गण्डकीका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ
प्रकाशित मिति
२०८० चैत्र २५ गते, आईतवार ०४:४९

d'VodGqL clwsf/L–zky
u08sL, @% r}t M u08sL k|b]zsf k|d'v l8NnL/fh e§;dIf cfOtaf/ kb tyf uf]kgLotfsf] zky lnFb} u08sL k|b]z ;/sf/sf gjlgo'Qm d'VodGqL vu/fh clwsf/L . tl:a/ M /fdaxfb'/ yfkf÷/f;;
चैत्र २४, २०८० काठमाडौँ: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए ।
अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरेर शपथ दिलाएका छन् ।
प्रतिकृया