आज शेयरबजारमा सुधार भई दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्बमाथि
प्रकाशित मिति
२०८० चैत्र २५ गते, आईतवार ०४:४३
चैत्र २४, २०८० काठमाडौँ: साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । गत साता अवधिभर ओरालो यात्रा तय गरेको नेप्सेमा यो साताको सुरुवाती कारोबार दिनमै दोहोरो अंकको सुधार देखिएको हो ।
आइतबार नेप्से परिसूचक २२ दशमलव ७५ अंकले बढेर २०२६ दशमलव ११ को विन्दुमा पुगेको छ । आज ३११ कम्पनीको ६४ हजार २ सय २१ पटकको कारोबारमा १ करोड १२ लाख १० हजार १ सय २ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब २५ करोड ६६ लाख ७५ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९७ अंकले बढेर ३५९ दशमलव ४० को विन्दुमा पुगेको छ । आइतबार अन्य कम्पनीहरूको समूहमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार म्युचुअल फन्डहरूको भएको छ ।
प्रतिकृया