लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
प्रकाशित मिति
२०८० चैत्र २२ गते, बिहीबार ०४:५०
चैत्र २२, २०८० काठमाडौँ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी (Dilli Bahadur Chaudhary) ले राजीनामा दिएका छन् । विश्वासको मत लिने उद्देश्यसहित आह्वान प्रदेशसभा बैठकमा उनले आफ्नो कार्यकालमा भएका फेहरिस्ता प्रस्तुत गर्दै चौधरीले पदबाट राजीनामा दिएका हुन् ।
केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार, प्रदेशमा पनि नेकपा (एमाले), माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक भएपछि मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाउने पक्कापक्की भएको थियो ।
सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि सरकार छाडेपछि मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । गठबन्धन दलहरुले पनि बिहीबार नै माओवादी संसदीय दलका नेता जोखबहादुर महरा (Jokh Bahadur Mahara) लाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका छन् ।
मुख्यमन्त्री चौधरीले राजीनामा पत्र बुझाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरुलाई आह्वान गर्नेछन् ।
प्रतिकृया