• १४ जेष्ठ २०८१, सोमबार
  • 2:02 am

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

प्रकाशित मिति

२२ चैत्र २०८०, बिहीबार १६:४४

चैत्र २२, २०८० काठमाडौँ: सरकारले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरी र सदस्यमा वीरन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा. डा. पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी डा. वीरेन्द्र प्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आज मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

त्यस्तै श्रम अदालतको मुकाम काठमाडौंमा रहने यसअघिको निर्णयलाई परिवर्तन गर्दै श्रम अदालतको मुकाम काठमाडौं उपत्यका भित्रका जिल्लामा रहने निर्णयको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु :

१. श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएकोमा सोको सट्टा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने।

२. रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा. डा. पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी डा. वीरेन्द्र प्रसाद यादवलाई नियुक्त गर्ने।

३. बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने ।

प्रतिकृया