• ८ जेष्ठ २०८१, मंगलवार
  • 8:56 am

जसपाले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने

प्रकाशित मिति

२२ चैत्र २०८०, बिहीबार १२:४६

चैत्र २२, २०८० काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने भएको छ ।

ललितपुरको बालकुमारीमा बिहीबार बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरी (Dilli Bahadur Chaudhary) नेतृत्वको लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । मुख्यमन्त्री चौधरीले प्रदेशसभामा शुक्रबार विश्वासको मत लिने कार्यतालिका छ ।

जसपाले मुख्यमन्त्री चौधरी नेतृत्वको सरकारको विपक्षमा विश्वासको मत हाल्न आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।

प्रतिकृया