टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल
प्रकाशित मिति
२०८० चैत्र २० गते, मंगलवार ०२:४३
चैत्र २०, २०८० काठमाडौँ: भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।
बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन ।
गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए ।
Recent News
- डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न
- नेप्से परिसूचक अंकमा सामान्य गिरावट, कारोबार ६ अर्ब नजिक
- एसएमई प्लेटफर्म लागू, आईपीओमा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने
- चक्कु आक्रमण भएका बलिवुड अभिनेता सैफ अली खान खतरामुक्त
- अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव
- महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन
- कांग्रेसले दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने
- जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई
- प्रधानमन्त्री ओली पोखरामा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
- युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
प्रतिकृया