• 12:10 am

नाउपाका दुई प्रदेश अध्यक्षलाई रञ्जिताले निकालिन् पार्टीबाट

प्रकाशित मिति

२०८० चैत्र २० गते, मंगलवार ११:१८

चैत्र २०, २०८० काठमाडौँ: नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश कमिटी अध्यक्ष पार्टीबाट निष्कासित भएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उनीहरूलाई पार्टीबाट निष्कासन गरेकी हुन् ।

नाउपाका बागमती प्रदेश समिति अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र राजन गुरुङलाई पार्टीबाट निष्कासित गरेकी हुन् ।

चौधरीले उनीहरूले संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि कुटपिट गरेको भन्दै पार्टीबाट निष्कासन गरेकी हुन् ।

‘नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा मिति २०८०/१२/१९ गतेका दिन पार्टीका संस्थापक केन्द्रिय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा तपाईं समेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू श्री रामलाल डगौरा थारु र श्री रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरी कूटपिट समेत गरेको हुँदा पार्टीको विधान २०७८ को धारा १७ को उपधारा (क) को (२)(४) बमोजिम र सोही विधानको धारा १७(४) बमोजिम तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीबाट पदमुक्त गरी निष्कासन गरिको जानकारी गराउँदछु,’ रञ्जिताको पत्रमा भनिएको छ ।

प्रतिकृया