प्रमुख प्रतिपक्षी नेपाली दल कांग्रेसले आज उपनिर्वाचनका उमेद्वार चयन गर्ने
प्रकाशित मिति
२०८० चैत्र २० गते, मंगलवार ११:१३
चैत्र २०, २०८० काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा दिउँसो २ बजे बस्ने छ । बैठकले आसन्न उपनिर्वाचनका उम्मेद्वार चयन गर्ने बताइएको छ ।
इलाम क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य(MP) उपनिर्वाचनका विषयमा छलफल र उमेदवारको टुंगो लगाउन बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
निर्वाचन आयोग(Election Comission)ले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।
प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनका उमेदवारपनि टुंगो लगाउने कांग्रेसको तयारी छ । अधिकांस दलले उम्मेद्वार खडा गरेर प्रचारात्मक अभियान थालिसक्दा पनि कांग्रेसले भने ढिलो गरी उमेद्वार चयन गर्न लागेको हो ।
प्रतिकृया