• ८ जेष्ठ २०८१, मंगलवार
  • 10:06 am

सिरियाको व्यस्त बजारमा कार बम विष्फोट हुँदा ७ जनाको मृत्यु

प्रकाशित मिति

१८ चैत्र २०८०, आईतवार १५:४६

चैत्र १८, २०८० काठमाडौँ: सिरियाको दक्षिणी क्षेत्रमा अवस्थित व्यस्त बजारमा एक कार बम विष्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । टर्कीको सीमा नजिकको अलेप्पो प्रान्तको अजाज सहरमा भएको सो आक्रमणमा परी थुप्रै मानिस घाइते भएका छन् ।

मारिनेमा २ बालबालिका पनि रहेको स्वयमसेवक उद्धार समुह ‘द ह्वाइट हेल्मेट्स’ ले जनाएको छ। विष्फोटपश्चातको भिडिओ फुटेजमा देखिएको दृश्यमा भुइमा लाशहरु, भग्नावशेष र कारमा आगो लागिरहेको थियो।

बम विष्फोट हुँदा बजारमा निकै चहलपहल थियो। इस्लाम धर्मको ठुलो चाड रमजानको व्रत सकिने अन्तिम दिन, ईद उल–फित्रलक्षित किनमेलमा मानिस व्यस्त थिए । अजाज सहरमा सिरियाका राष्ट्रपति बसर अल–असदलाई समर्थन गर्ने प्रो–टर्कीश मिलिशियाको पकड छ। हालसम्म आक्रमणको जिम्मेवारी कसैले लिएका छैनन् ।

टर्कीसँगको सिमाना नजिक भएको क्षेत्र र आपूर्ति मार्गको रुपमा लिइने अजाजलाई गृहयुद्धको सन्दर्भमा रणनैतिक रुपले महत्वपूर्ण मानिन्छ ।

प्रतिकृया