• १४ जेष्ठ २०८१, सोमबार
  • 1:06 am

संचार जगत आलोचक मात्र नभई रचनात्मक बन्नुपर्छ : प्रेस काउन्सिलका अध्यक्ष बस्नेत

प्रकाशित मिति

१८ चैत्र २०८०, आईतवार १२:२१

चैत्र १८, २०८० काठमाडौँ: प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संचार जगत आलोचक मात्र नभई रचनात्मक बन्नुपर्ने बताउनुभएको छ । सुर्यबिनायक नगरपालिका ३ बालकोटस्थित नयाँबस्तीमा रहेको जुरिज किण्डरगार्टेनको ग्राजुएसन तथा अभिभावक दिवसमा आज बोल्दै अध्यक्ष बस्नेतले पत्रकारले देश र समाजमा भएका असल अभ्यासहरुलाई उजागर गर्नुपर्ने बताउनुभयो ।

देशमा आधारभुत तहदेखि कक्षा १२ सम्मको शिक्षा दिने संस्थाहरुले उत्कृष्ट शिक्षा दिए पनि १२ कक्षा पछि युवाहरु बिदेशिने कारण खोज्नुपर्ने बेला आएको बताउनुभयो । बिद्यमान शिक्षा नीतिमा सुधार गरी युवा बिद्यार्थीलाई देशमै टिकाउने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष बस्नेतले नेपाली विद्यार्थी विदेश जाने क्रम रोक्न स्वदेशमै गरिखाने शिक्षा दिने नीति बनाउनु पर्ने बताउनुभयो ।

विद्यालयका संस्थापक समेत रहेका बस्नेतले दोलखाको जिरीलाई स्वीजरल्याण्डको जुरिचको नामले चिनिने भएकाले त्यही नामबाट विद्यालय सुरु गरेको बताउनुभयो । कार्यक्रममा पत्रकार महसंघका केन्द्रीय सचिब गोबिन्द चौलागाई ,एसओएस हर्मन माईनर बिद्यालयका शिक्षक प्रतिनिधि कृष्णप्रसाद गौतम,ब्रम्हनगर टोल सुधार समितिका अध्यक्ष मिना कार्की लगायते बिद्यालयले बालबालिकाको मनोबिज्ञानलाई बुझेर स्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । जुरिचका प्रिन्सीपल अमृत राउतले बिद्यालय ब्यबस्थपान समुदायमा बिद्यालय प्रतिको भरोसा बढाउनका साथै शैक्षिक र समाजिक कार्यमा समेत सकृय रहेको बताउनुभयो । विद्यालयले संस्कारयुक्त शिक्षाको साथै उचित स्याहार दिएर अभिभावकको मन जितिरहेको प्रिन्सिपल अमृत राउतले बताउनुभयो ।

कार्यक्रममा बिद्यार्थीले सांस्कृतिक कार्यक्रम ,योग र जुम्माको उत्कृष्ट प्रदर्शन गरेका थिए । सो अवसरमा उत्कृष्ट शिक्षक तथा शैक्षिक र अतिरीक्त कृयाकलापमा उत्कृष्ट बिद्यार्थीलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुर्व संघीय सांसद केदार संजेल,शंकर स्कुलका प्रिन्सीपल शरण चौलागाईं र पत्रकारहरु पुष्करराज बुढाथोकी,रमेश गिरी,मकर श्रेष्ठ र हेमराज ढकाल लगायत समाजका अगुवा र अभिभावाकको सहभागिता रहेको थियो । विद्यालय स्थापना भएको सातौँ वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रममा युकेजी पुरा गरेका विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिकृया