• १४ जेष्ठ २०८१, सोमबार
  • 1:39 am

ट्याक्सी दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो, एकजना बेपत्ता

प्रकाशित मिति

१७ चैत्र २०८०, शनिबार ०९:४८

चैत्र १७, २०८० काठमाडौँ: त्रिशूली नदीमा ट्याक्सी खसेर भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका–७ का ४१ वर्षीय हरिमायाँ रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन नगरकोटी र ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल छन् ।

ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा गोरखा नगरपालिका–७ का १८ वर्षीय दिवश रोकाय छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान सवा ७ बजेतिर सडकबाट ८० मिटर तल त्रिशूली नादीमा खसेको थियो ।

प्रतिकृया