• ८ जेष्ठ २०८१, मंगलवार
  • 9:22 am

सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ इलाम २ मा एमाले उम्मेदवार

प्रकाशित मिति

११ चैत्र २०८०, आईतवार १६:५३

चैत्र ११, २०८० काठमाडौँ: एमालेले इलाम २ को प्रतिनिधिसभाको उपचुनावमा सुवाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सुवास नेम्वाङका छोरा सुहाङलाई टिकट दिने निर्णय गरेको हो।

गत वर्ष भएको चुनावमा नेम्वाङ निर्वाचित भए पनि गत भदौ २६ गते निधन भएपछि रिक्त स्थानम वैशाख १५ गते उपचुनाव हुँदैछ। निर्वाचन आयोगले चैत २४ गते मनोनयनको मिति तोकेको छ।

एमाले इमालले चैत ४ गते सुहाङसहित ६ जनाको नाम सफारिस गरेको थियो । सुहाङ एमालेको कानुन विभागका सदस्य छन्।

त्यस्तै एमालेले बझाङको प्रदेशसभा चुनावमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय निर्णय गरेको छ।

प्रतिकृया