• 6:00 pm

परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन प्रस्थान गर्दै

प्रकाशित मिति

March 24, 2024

चैत्र ११, २०८० काठमाडौँ: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्दैछन् । सत्ता समिकरण फेरिएलगत्तै परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिन लामो औपचारिक भ्रमणका लागि चीन जान लागेका हुन् ।

श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । नेपाल र चीनबीच सात वर्षअघि भएको सम्झौता अनुरुप बीआरआईको कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनमा रहदा मन्त्री श्रेष्ठको समकक्षी वाङ यीसँग हुने भेटवार्तामा दुईपक्षीय विविध विषयमा कुराकानी हुने बताइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । सत्तारुढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठको भ्रमणका क्रममा कुनै नयाँ सम्झौता भने नहुने बताइएको छ । सात वर्षअघि भएको सम्झौता अनुरुप बीआरआईको कार्यान्वयन योजनालगायत विषयमा भने छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल चीनबीच बीआरआई सम्झौता भए पनि त्यो परियोजना ऋणमा सञ्चालन गर्न नसकिने नेपालको अडान छ । मन्त्री श्रेष्ठको भ्रमण यहि विषयमा नै केन्द्रित हुने छ । श्रेष्ठले बेइजिङपछि चीनका विभिन्न प्रान्तमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ यही चैत १९ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रतिकृया