• ८ जेष्ठ २०८१, मंगलवार
  • 10:02 am

सामाजिक मित्रतामाथि ध्यान दिएर होली मनाउन ओलीको आग्रह

प्रकाशित मिति

१० चैत्र २०८०, शनिबार १८:०५

चैत्र १०, २०८० काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका छन् ।

एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रममा ओलीले अरुमाथि आघात नपुर्याई सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका हुन् ।

उनले पछिल्लो समय होली पर्वका नाममा विकृति देखिएकाले सभ्य र मर्यादित भएर होली पर्व मनाउनुपर्ने धारणा राखे अरुको स्वतन्त्रतामाथि खलल नपर्ने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्ने उनले बताए ।

उनले नेपालका चाडपर्वहरू समाजको विकाससँग जोडिएकाले यसमा देखिएको विकृतिलाई हटाउनुपर्ने जिकिर गरे ।

प्रतिकृया