• १४ जेष्ठ २०८१, सोमबार
  • 12:26 am

मौद्रिक र वित्त नीतिलाई फरक पर्न नदिने अर्थमन्त्री पुनकाे प्रतिबद्धता

प्रकाशित मिति

७ चैत्र २०८०, बुधबार १७:१०

चैत ७, २०८० काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले मौद्रिक र वित्त नीति एउटै हुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको (कर प्रस्तावबाहेक) माथिको छलफलमा विगतका वर्षहरूमा जस्तो हुन नदिने बताए ।

यसका लागि समन्वय गरेर आफू अगाडि बढ्ने पनि उनले बताए । पहिले प्रधानमन्त्रीको नीति तथा कार्यक्रम, अर्थमन्त्रीको बजेट र प्रमुख प्रतिपक्षको मौद्रिक नीति भनेर आलोचना हुने गरेको भन्दै यसले लज्जा बोध भएको पनि उनले बताए ।

“कतिपय कुरामा हामी लज्जित पनि भयौँ । प्रधानमन्त्रीको नीति कार्यक्रम, अर्थमन्त्रीको बजेट र प्रमुख प्रतिपक्षको मौद्रिक नीति पनि भनियो,” उनले भने, “अब हामी यस्तो हुन दिँदैनौँ । यहाँ प्रतिबद्धता छ । मौद्रिक नीति र वित्त नीति एउटै हुनेछ । बजेटका प्राथमिकताहरूलाई बजेटले बोक्नेछ । नीति कार्यक्रमलाई बजेटले बोक्नेछ ।”

यसका लागि सदनको सहयोग चाहिने मन्त्री पुनले बताए ।

प्रतिकृया