• 5:00 pm

नेपाल प्रहरीलाई गृहमन्त्रीको अपिल : अपराधीलाई कारवाही गर्न मेराे वा कसैकाे आदेश कुर्नु पर्दैन !

प्रकाशित मिति

२०८० फाल्गुन २९ गते, मंगलवार ११:०१

फागुन २९, २०८० काठमाडौँ: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काममा संलग्न जो कोहीलाई कारबाही गर्न आदेश नकुर्न नेपाल प्रहरीलाई अपिल गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल भन्दै सही काम गर्नका लागि कुनै आदेश कुर्न नपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘देशको कुनै पनि भागमा कुनैपनि व्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टीवाला होइन, देशवाला) !!’

प्रतिकृया