• 5:18 pm

इयुले मार्चसम्म युक्रेनलाई १ मिलियन तोप दिन सक्दैनः बोरेल

प्रकाशित मिति

२०८० माघ १९ गते, शुक्रबार ११:१७

माघ १९, २०८० काठमाडौँ: युरोपेली संघ (इयु) ले मार्चसम्म युक्रेनलाई १० लाख राउण्ड तोपखाना (गोला) पु-याउने लक्ष्य गुमाउने बताएको छ । विदेश मामिला र सुरक्षा नीतिका लागि ईयुका उच्च प्रतिनिधि जोसेप बोरेलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराउनुभएको हो ।

इयु रक्षा मन्त्रीहरूको अनौपचारिक बैठकपछि बोरेलले डेस्टोकिंग र व्यक्तिगत तथा संयुक्त खरीदद्वारा इयुले मार्चसम्म ५ लाख २४ हजार गोलाहरू वा लक्ष्यको लगभग ५२ प्रतिशत मात्र डेलिभर गर्न सक्षम हुने बताउनु भयो । उत्पादन क्षमता बढ्दै गएपछि यस वर्षको अन्त्यसम्ममा युरोपेली संघले १० लाखभन्दा बढी राउण्ड युक्रेनमा पु-याउन सक्ने उहाँको भनाइ थियो ।

गत वर्ष, इयु सदस्य राष्ट्रहरूले युक्रेनलाई रुससँगको द्वन्द्व बढ्दै गएपछि मार्च २०२४ सम्ममा १० लाख १५५ मिलिमिटर गोलाहरू उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । सन् २०२२ को फेब्रुअरीमा युक्रेन बिरुद्ध रुसले गरेको विशेष सैन्य कारबाहीपछि ईयुको उत्पादन क्षमता ४० प्रतिशतले बढेको र २०२४ को अन्त्यसम्ममा १४ लाख पुग्ने बोरेलले बताउनु भयो ।

प्रतिकृया