• 11:39 am

किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध

प्रकाशित मिति

२०८० माघ १६ गते, मंगलवार ११:४४

माघ १६, २०८० पेरिस : फ्रान्सेली किसानहरूले मुख्य शहरका राजमार्गहरू अवरुद्ध गरेका छन् । मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरूले मुख्य राजमार्गमा ट्रयाक्टर राखेर अवरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ । जुन आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेका छन् ।

केही दिनदेिख फ्रान्सेली किसान प्रदर्शनकारीहरूले राम्रो पारिश्रमिक र थोरै वातावरणीय नियमहरूको माग गरिरहेका छन्, जो नहुदाँ तिनीहरूको जीविकोपार्जनलाई नै असर गरिरहेको उनीहरूले जनाउँदै आएका छन् ।

आन्दोलनरत किसानहरूले पेरिसको महत्त्वपूर्ण सडकका आठ चोक पोइन्टमा अवरुद्ध गरेका छन् । यसैबिच, मूल्यवृद्धिबाट बच्न सावधानी अपनाएको सरकारले कृषि डिजेलमा दिइने अनुदान घटाउने योजना बिस्तारै खारेज गर्दै वातावरणीय नियमलाई सहज बनाउने वाचा गरेको छ ।

सरकारले यो पनि भनेको छ कि यसले आफ्नो युरोपेली संघका साथीहरूलाई बाँझो खेती जग्गामा नियमहरू सहज बनाउन सहमत हुन दबाब दिनेछ । युरोपियन युनियनका अनुदानहरू प्राप्त गर्नका लागि कृषकहरूले निश्चित सर्तहरू पूरा गर्नुपर्नेछ, जस्तो कि प्रकृति पुनः प्राप्ति गर्न सक्ने गैर उत्पादक क्षेत्रहरूमा ४ प्रतिशत खेतीयोग्य जमिन छुट्याउनु पर्ने आवश्यकता समेत समावेश गरिएको छ।

तर कृषक सङ्गठनहरूले योजनालाई अझ अगाडि बढाउनु पर्ने बताएका छन् । ‘यस चरणमा, हामी के चाहन्छौँ भने सरकार माथि अझ दबाब बढाउनु हो,’ प्रभावशाली किसान युनियनका प्रमुख अर्नाउड रुसोले स्थानीय मिडियासँग भनेका छन् ।

प्रतिकृया