• २ असार २०८१, शनिबार
  • 2:44 am

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदी अरबको आग्रह

प्रकाशित मिति

१६ माघ २०८०, मंगलवार ०९:५४

माघ १६, २०८० एजेन्सी : साउदी अरबले इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आग्रह गरेको छ । साउदीका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेका हुन् ।

अल अरबिया न्युज च्यानलका अनुसार मन्त्री फरहानले इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनका क्रममा कानून पालनामा सबै गम्भिर हुनु पर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा इजिप्ट र साउदी दुवैले गाजामा युद्धविराम गर्न आह्वान गरेका छन् । इजरायलले गाजाको मानवीय अवस्थाको बारेमा अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) को निर्णयलाई अस्वीकार गरेपछि साउदी अरबले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हो ।

साउदी अरेबियाले अन्य अरब राष्ट्रसँगै आफुले प्यालेस्टिनी जनताको सुरक्षाका लागि दबाब जारी राख्ने बताएको छ ।

प्रतिकृया