इस्तानबुल चर्च आक्रमणका २ संदिग्ध पक्राउ
प्रकाशित मिति
२०८० माघ १६ गते, मंगलवार ०९:४५
माघ १६, २०८० काठमाडौँ: टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा आइतवार भएको सशस्त्र आक्रमणका दुई संदिग्धलाई थुनामा राखिएको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ । इस्तानबुल प्रहरी विभागले अपराधीहरूलाई पहिचान गरी पक्राउ गरेको बताउनु भयो ।
आक्रमणकारीहरूले स्थानीय समयअनुसार बिहान ११ः४० बजे शहरको युरोपेली छेउमा रहेको सरियर जिल्लाको सान्ता मारिया चर्चमा हमला गरेका थिए । आक्रमणमा एक व्यक्तिको मृत्यु भएको थियो । यसअघि इस्तानबुलका गभर्नर दाउत गुलले मृतक ५२ वर्षीय टर्की नागरिक भएको बताएका थिए ।
घटनापछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इटालियन चर्चका पादरीसँग फोनमा शोक व्यक्त गर्नुभएको थियो ।
Related
Recent News
- लगातार ओरालो लागेको सेयर बजार बुधबार सामान्य बढ्यो
- प्रधानमन्त्रीबाट पाँचतारे होटल मर्क्योर उद्घाटन, नेपालको पर्यटन उद्योगलाई योगदान दिने विश्वास
- नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख
- माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
- निलम्बित दक्षिण कोरियाली राष्ट्रपतिले दिएनन् बयान
- मुद्दा अगाडि बढाउने आधार नभएकोले तारेखमा छोड्नुपर्ने रविको वकिलको माग
- ट्रम्पलाई युद्धको जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
- आशिका तामाङ पक्राउ
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
प्रतिकृया