• २ असार २०८१, शनिबार
  • 2:14 am

प्रतितोला ३०० रुपैंयाले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

१५ माघ २०८०, सोमबार ११:१९

माघ १५, २०८० काठमाडौँ: नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । आज सुन प्रतितोला ३०० रुपैंयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैंयामा कारोबार भइरहेको छ ।

आइतबार सुनको भाउ स्थिर रहँदै प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ प्रतितोला ५ रुपैंयाले बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैंयामा कारोबार भएको थियो ।

प्रतिकृया