• २ असार २०८१, शनिबार
  • 1:41 am

आदिवासी सन्थाल समुदायले सोहराई पर्व मनाउँदै, झापाका पाँच पालिकामा बिदा

प्रकाशित मिति

१५ माघ २०८०, सोमबार ११:१५

माघ १५, २०८० झापा : आदिवासी सन्थाल समुदायको सोहराई पर्वको अवसरमा झापाका हल्दीवारी, कचनकवल, बाह्रदशी, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले सोमबार स्थानीय बिदा दिएका छन् ।

ती पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गरी आज सार्वजनिक बिदा दिइएको जनाएका हुन्। ती पालिकामा पालिका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू बन्द रहने छन्।

कमल र गौरीगन्ज गाउँपालिकाले भने यसअघि माघ ११ गते नै सार्वजनिक बिदा दिएको नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले जानकारी दिए । उनका अनुसार झापामा सन्थाल समुदायको जनसंख्या करिब ३७ हजार रहेको छ। सन्थाल समुदायले यो पर्वलाई धार्मिक महत्त्वका साथ मनाउने गर्दछन् ।

हल्दीवारी, कचनकवल, बाह्रदशी, झापा, कमल, गौरीगन्ज गाउँपालिका तथा भद्रपुर र कन्काई नगरपालिकाभित्र सन्थाल समुदायको बाक्लो बसोबास रहेको पाइन्छ ।

प्रतिकृया