• 12:48 pm

कोन्ज्योसोममा परियोजनाको बारेमा छलफल

प्रकाशित मिति

२०८० माघ १५ गते, सोमबार ११:०५

माघ १५, २०८० ललितपुर: ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले सरोकारवालासँग सन २०२४ मा सञ्चालन हुने परियोजनाका बारेमा सरोकारवालासँग छलफल गरेको छ । सीआरबी र लुनिभाको पीआरइपी परियोजना अन्तर्गत गाउँपालिकाका दुबै संस्थाका सरोकारवालासँग छलफल भएको हो ।

आइतबार गाउँपालिकाको सभाहलमा सरोकारवालासँग छलफल गरेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । कार्यक्रममा उक्त परियोजनाको अवस्था, परियोजनाले पार्ने प्रभाव र लाभाविन्तहरुको अवस्था लगायतका विषयमा छलफल भएको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनुभयो । गाउँपालिकाले यस अगाडि पनि विभिन्न विषयमा गाउँपालिकामा सञ्चालित हुने परियोजनाका बारेमा सम्बन्धित सरोकारवालासँग यस अगाडि देखि नै सरोकारवालासँग छलफल गरी परियोजना कार्यान्वयन गर्दै आएको छ ।

प्रतिकृया