• २ असार २०८१, शनिबार
  • 1:26 am

`समुदायमा कांग्रेस´ अभियान, फरक टोली फरक जिल्लामा जाँदै

प्रकाशित मिति

१४ माघ २०८०, आईतवार १२:०७

माघ १४, २०८० काठमाडौँ: नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको समुदायमा कांग्रेस अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेको मुख्य सचिव कृष्ण पौडेले बताएका छन् । अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक(फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न निम्न बमोजिम फरक(फरक टोली खटिएको पनि उनले जानकारी दिए ।

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सरिक रहने बताइएको छ । तोकिएका जिल्लाहरुमा भिन्न(भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ । टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने पनि बताइएको छ ।

कोशी प्रदेश
१) डा शेखर कोइराला – झापा र सुनसरी ।
२) डा नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा ।
३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर ।

मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला
१) प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा ।
वागमतीको सिन्धुली र मकवानपुर ।
२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही
वागमतीको धादिङ र चितवन ।

वागमती प्रदेश
१) डा मिनेन्द्र रिजाल- काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा ।

गण्डकी प्रदेश
१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर ।
२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ ।

लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा ।
२) डा डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी ।

कर्णाली प्रदेश
१) डा शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत ।

सुदुरपश्चिम् प्रदेश
१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कंचनपुर ।

नोट : केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन ।

प्रतिकृया