• 4:07 am

नेपाल वायुसेवा निगमको सिनामंगल स्थित जग्गामा केन्द्रिय कार्यालय भवन निर्माण स्थलमा भूमिपूजन गरियो

प्रकाशित मिति

२०८० माघ १४ गते, आईतवार ११:३१

माघ १४, २०८० काठमाडौँ: मिति २०८० माघ १३ गते काठमाण्डौं महानगरपालिका वडा नं.–९, सिनामंगल स्थित नेपाल वायुसेवा निगमको जग्गामा निकट भविष्यमा बहुवर्षीय योजना अन्तर्गत निर्माण गरिने निगमको केन्द्रिय कार्यालय भवन, In-Flight Kitchen भवन, निगमलाई आवश्यक पर्ने पार्किङ स्थल तथा अन्य आवश्यक संरचना निर्माण स्थलको माननीय श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीज्यूबाट भूमिपूजन कार्य सम्पन्न भयो ।

उक्त कार्यक्रममा निगमका सञ्चालक समिति सदस्य श्री किशोर प्रधान, बरिष्ठ क्याप्टेन श्री सुधिर शमसेर राई, श्री अमृतमान श्रेष्ठ निगम व्यवस्थापनका उच्चपदस्थ पदाधिकारीहरु, निगममा क्रियशिल चार वटै टे«ड यूनियनका प्रतिनिधिहरु, निगमका कर्मचारीहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा बोल्दै माननीय मन्त्रीज्यूले यस कार्यबाट निगमले आफ्नो उन्नती तथा प्रगतिको थप उचाईमा पुग्ने विश्वास गर्दै निगमको हितको लागि गरिने रचनात्मक कार्यमा आफ्नो सधै साथ सहयोग रहने कुरा व्यक्त गर्नुभयो ।
त्यसैगरी निगमका बरिष्ठ सञ्चालक समिति सदस्य श्री किशोर प्रधानज्यूले निगमको ब्यवसायिक हित र सम्पत्तिहरुको उचित उपयोग तथा ब्यवस्थापनमा सञ्चालक समितिबाट सधै साथ सहयोग रहने कुरा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीले निगमका अग्रजहरु जसले यो सम्पत्ति जोडिदिनु भयो उहाँहरु प्रति हार्दिक नमन प्रकट गर्दै निगमको प्रयोग विहिन अवस्थामा रहेको करीव पैतिस रोपनी क्षेत्रफलमा रहेको यस जग्गामा तालुक मन्त्रालय तथा सरोकारवाला निकायहरुसंग समन्वय गरी सुविधा सम्पन्न, अत्याधुनिक र नेपालको मौलिकता झल्कने गरी ऐतिहासिक केन्द्रिय कार्यालय भवन तथा संरचना निमार्ण गरिने वताउनुभयो । त्यसै गरी निगमका अन्य तेईस स्थानमा रहेका घरजग्गा तथा संरचनाहरुको विस्तृत अध्ययन गरी संरक्षण गर्ने र निगमको आम्दानी बृद्घि हुने गरी उचित ब्यवस्थापन गरिने जानकारी गराउनु भयो । यस कार्यमा माननीय मन्त्रीज्यूबाट ऐतिहासिक र प्रेरणादायी भूमिका रहेको बताउदै हाल केन्द्रिय कार्यालय रहेको न्यूरोडको भवन तथा जग्गामा ब्यवसायिक भवन बनाउने निगमका पूर्वज र हाल कार्यरत सम्पूर्ण कर्मचारीहरुको सपना रहेकोले यथाशिघ्र यो सपना पूरा गर्ने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।

प्रतिकृया