• २ असार २०८१, शनिबार
  • 2:47 am

पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैनः दाहाल

प्रकाशित मिति

१३ माघ २०८०, शनिबार १८:३७

माघ १३, २०८० काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताएका छन्।

सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासनसमेत दिए। उनले समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आह्वान गरे।

‘…जनयुद्धको तयारी, जनयुद्धको थालनी, शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता यो एउटा लामो वैचारिक र वर्ग संघर्षबाट भयो। त्यो एउटा निश्चित विचार र नेतृत्वअन्तर्गत भयो। अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकी छ भन्ने मेरो ठहर छ। मैले अहिले रातारात अर्को नेता युवाहरु आइहाल्छन्, उनीहरुले सबैलाई लगिहाल्छन् भन्ने स्थिति अझै तयार भइहालेको छैन। हाम्रो काम हो–त्यस्तो वातावरण बनाइदिनु,’ उनले भने।

प्रतिकृया