• 4:41 pm

ललितपुरको सातदोबाटो र भैँसेपाटीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

प्रकाशित मिति

२०८० माघ ११ गते, बिहीबार ०२:००

माघ ११, २०८० काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा नं. १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका वडा नं. २५ मा भैँसेपाटी शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन् । कार्यक्रमा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताएका छन् ।

बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो । बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया