• 12:35 pm

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ईसेवा १६औं वर्षमा प्रवेश, ग्राहकको लागि विभिन्न अवसर

प्रकाशित मिति

२०८० माघ ११ गते, बिहीबार ०१:४८

माघ ११, २०८० काठमाडौँ: नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ईसेवा १६औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा प्रारम्भ गरेको ईसेवाले १५ वर्ष पार गरेको हो ।

वार्षिक उत्सवको अवसरमा ईसेवाले ग्राहकका लागि क्याशब्याकदेखि आईफोन १५ प्रो म्याक्स जित्ने अवसर ल्याएको छ । यस अन्तर्गत कम्पनीले १५ दिनसम्म विभिन्न १५ ओटा अफर ल्याएको छ । त्यहीमध्ये ईसेवाका एक ग्राहकले आईफोन १५ प्रो म्याक्स उपहार पाउनेछन् । त्यसका लागि ईसेवा ग्राहकले आज माघ ११ गते कुनै एक कारोबार गरे पुग्छ ।

त्यस्तै कम्पनीले २६ डिसेम्बरमा ईसेवाका नयाँ १५०० ग्राहकलाई ईसेवामा टपअप गर्दा १५० रुपैयाँ क्याशब्याक दिनेछ । २८ डिसेम्बरमा कम्पनीले ई-स्पिकर अर्डर गर्नेमध्ये सुरुवाती १५० प्रयोगकर्तालाई १५०० रुपैयाँमा उक्त डिभाइस उपलब्ध गराउने भएको छ । त्यस्तै प्लेन टिकेट खरिद, इन्टरनेट तथा विद्युत महसुल भुक्तानी, बैंक विथड्र गर्दा १५ हजार रुपैयाँसम्मको क्याशब्याक रहेको छ ।

कम्पनीमा चार लाख बढी मर्चेन्ट आबद्ध छन् भने २५ सयभन्दा बढी सेवाहरू उपलब्ध रहेको ईसेवाले जनाएको छ ।

प्रतिकृया