• १०:४९ २०८० फाल्गुन १३ गते
  • 10:49 am

नेविसंघले माघ १३ देखि तीन दिने ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स—२’ आयोजना गर्ने

प्रकाशित मिति

२०८० माघ १० गते, बुधबार ०३:२६

nebisangh

माघ १०, २०८० काठमाडौँ: नेपाल विद्यार्थी संघले माघ १३, १४ र १५ गते ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स—२’ अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार (च्यादय—ध्वच) प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेबिसंघले यसबारेमा जानकारी गराएको हो । प्रतियोगिता काठमाडौंस्थित दशरथ रङ्गशालामा हुने बताइएको छ । नेपालको संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका सभापति दुजाङ शेर्पाले प्रतियोगितामा मुख्यतः नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिष्पर्धा गर्ने बताउनु भयो । तीन दिने कार्यक्रमका लागि आएका अतिथिहरुलाई संघले खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने बताउनु भयो ।

यस प्रतियोगितामा प्रथम हुने समूहलाई ३.५ लाख, दोस्रो हुनेले १.५ लाख, अन्य श्रेणीमा विजयी हुनेले १ लाख प्राप्त गर्नेछन् । सभापति शेर्पाले समग्र प्रतियोगिताको नगद पुरस्कार रकम ६ लाख तय गरिएको बताउनु भयो । प्रतियोगिताको कुल अनुमानित लागत ३० लाख गरिएको बताउनु भयो । सभापति शेर्पाले प्रतियोगिताले युवा पुस्तामा क्रिएटिभ हुन सहयोग पुग्ने बताउनु भयो ।

प्रतिकृया