वैदेशिक रोजगारीमा रहेकाले सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम, स्थानीयलाई म्याद थप
प्रकाशित मिति
२०८० माघ १० गते, बुधबार ०१:१०

माघ १०, २०८० काठमाडौँ: सर्वोत्तम सिमेन्ट लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज माघ १० गते अन्तिम दिन रहेको छ । आयोजना प्रभावित स्थानीयलाई भने म्याद थप गरि माघ २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले बुक बिल्डिंग विधिबाट शेयर निष्काशन गरेको हो । कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको छ । यस निष्काशनमा आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आज माघ १० गतेसम्म आवेदन दिईसक्नु पर्ने छ । उद्योग प्रभावित स्थानीयले माघ २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।
उद्योग/खानी प्रभावितको रुपमा निम्न स्थानका स्थानीयले आवेदन दिन पाउने छन् । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६, ११ र १३ (साविक सुनवल नगरपालिकाको वडा नं. ३, वडा नं. ४, वडा नं. ५ वडा नं. ६ साविक धुरकोट गा.वि.स.को वडा नं. ६ र साविक रामनगर गा.वि.स.को वडा नं. २, ४, ५, ६ र ७) ।
कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरेको थियो । दोस्रो चरणमा अहिले उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरेको हो । यस पछि कम्पनीले तेस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिकृया