• 9:58 am

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

प्रकाशित मिति

२०८० माघ १० गते, बुधबार १२:३८

माघ १०, २०८० काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया