• १३:२५ २०८० फाल्गुन ११ गते
  • 1:25 pm

मधेस प्रदेशः जनमत पार्टी सरकारबाट बाहिरियो

प्रकाशित मिति

२०८० माघ १० गते, बुधबार १०:२४

madhes 2

माघ १०, २०८० जनकपुरधाम : जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ। सोमबार सप्तरीमा भएको घटनापछि आज जनमत पार्टी सरकारबाट बाहिएको हो ।

जनमतबाट सरकारमा रहेका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले मुख्यमन्‍त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका छन्। राजीनामासँगै जनमतले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ ।

सोमबार सप्तरीमा कृषि विश्वविद्यालयको शिलान्यासको कार्यक्रममा प्रहरीले लाठीचार्ज गर्दा मन्त्री यादवको टाउको फुटेको थियो भने केही सांसद घाइते भएका थिए ।

प्रतिकृया