• 9:22 am

अमेरिका र बेलायतद्वारा यमनमा हुथी शिविरमा हवाई आक्रमण शुरु

प्रकाशित मिति

२०८० माघ ९ गते, मंगलवार ०२:२१

माघ ९, २०८० काठमाडौँ: युएस–ब्रिटिश गठबन्धनले मध्यरातमा यमनको राजधानी र अन्य प्रान्तहरूमा हुथी शिविरहरूमा आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले मंगलवार बताएको छ । आक्रमणले पूर्वी सानाको अल–हफा शिविर र उत्तरमा अल–दयलामी एयर बेसलाई निशाना बनाएको थियो । उनीहरूले मध्य प्रान्त अल–बायदाको शहर राडा र दक्षिणपश्चिमी प्रान्त ताइजको मकबानाह क्षेत्रमा पनि आक्रमण गरेका थिए ।

बिष्फोट शक्तिशाली भएको र त्यसको आवाज शहरभर सुनिएको स्थानीयले बताएका छन् । हुथीहरूले सोमवार अडेनको खाडीमा रहेको अमेरिकी सैन्य जहाजमा मिसाइल हमला गरेको र प्रत्यक्ष प्रहार गरेको दाबी गरेको केही घण्टापछि यो हमला भएको हो ।

अमेरिकी पक्षले कथित आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । लाल सागरमा रहेको अमेरिका–बेलायत सामुद्रिक गठबन्धनले यमनका विभिन्न उत्तरी प्रान्तहरूमा हुथी शिविरहरूमा धेरै हवाई आक्रमण गरेको छ ।

प्रतिकृया