• 6:10 pm

एमालेले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

प्रकाशित मिति

२०८० माघ ९ गते, मंगलवार १०:४७

माघ ९, २०८० काठमाडौँ: नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभूति गरेका विषयहरूलाई समेटेर सरकारलाई लिखितरुपमा ध्यानाकर्षणपत्र बुझाएको छ ।

जसमा ७५१ वटा माग रहेका छन् । सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् ।

यात्राका क्रममा आएका मागपत्र र विषयहरूलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । अध्यक्ष ओलीले यात्राका क्रममा प्राप्त माग, सुझाव र अनुभूतिहरूसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको र त्यही विषयमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया