• 8:46 am

राष्ट्रिय सभा निर्वाचन : गए राती १२ बजे देखि शुरु भयो मौन अवधि

प्रकाशित मिति

२०८० माघ ९ गते, मंगलवार ०७:२७

माघ ९, २०८० काठमाडौँ: निर्वाचन आयोगले गए राति १२ बजेदेखि राष्ट्रियसभाको चुनाव प्रचार गर्न रोक लगाएको छ । माघ ११ गते हुने निर्वाचनका लागि आज मध्यरातदेखि नै प्रचारप्रसार गर्न नपाउने गरी आयोगले आचारसंहिता लागु गरेको हो ।

आयोगले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न भन्दै मतदान समाप्त नहुन्जेल प्रचारप्रसारमा रोक लगाएको हो । अब कुनै पनि माध्यमबाट निर्वाचनसम्बन्धी गतिविधि नगर्न आयोगले भनेको छ ।

यसैबीच आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आयोगले सबै प्रदेशका मुकाममा मतदान केन्द्र तोकेको छ । यो निर्वाचनमा प्रदेशसभा सदस्य र ७५३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउँछन् ।

प्रतिकृया