• 12:26 pm

राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर, ट्रम्पलाई समर्थन

प्रकाशित मिति

२०८० माघ ८ गते, सोमबार १०:२७

माघ ८, २०८० काठमाडौँ: फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आइतबार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि सन् २०२४ को राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका हुन् ।

आफूसँग विजयको स्पष्ट बाटो नरहेको उनले बताए । डेसेन्टिसले बहुसंख्यक रिपब्लिकन प्राथमिक मतदाताले ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफू पछि हटेको सुनाए । ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् । डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।

उनले रिपब्लिकन प्राइमरी मतदाताको बहुमत ट्रम्पलाई रहेको बताए ।

प्रतिकृया