• 7:35 pm

बर्दियाबाट काठमाडौं जाँदै गरेकाे बस दाङमा दुर्घटना हुँदा २ जनाकाे मृत्यु

प्रकाशित मिति

२०८० माघ ८ गते, सोमबार ०७:४८

माघ ८, २०८० दाङ: दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भीमनाथ याेगी र युवराज चाैधरीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए ।

बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका -९ रिहार नजिकै गएराति ११ बजे दुर्घटना भएको थियो। दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियाे । बसमा ४७ जना सवार रहेकाे २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेकाे प्रहरीले जनाएको छ । बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ ।

मृतकहरूकाे शव लमही अस्पतालमा राखिएको छ । बसकाे पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले २ जनाकाे मृत्यु हुन पुगेकाे प्रहरीले जनाएको छ । केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

प्रतिकृया