माइतीघरबाट नेविसंका विद्यार्थी प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति
२०८० माघ ७ गते, आईतवार ०१:४२
माघ ७, २०८० काठमाडौँ: काठमाडौंको माइतीघरमा लगाएको निषेधाज्ञा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघरको निषेधाज्ञा खारेज गर्नुपर्ने नारा लगाउँदै सो क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नागरिक स्वतन्त्रता कायम गर, निषेधाज्ञा फिर्ता गर लगायतका प्लेकार्ड सहित उनीहरूले प्रदर्शन गरेका थिए । माइतीघरमा लगाएको निषेधाज्ञाका कारण नागरिकको स्वतन्त्रता हनन भएकाले प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।
माइतीघरको निषेधाज्ञा विरुद्ध पछिल्लो समय दैनिक रूपमा प्रदर्शन हुँदै आएको छ । सुरक्षाको कारण देखाउँदै प्रशासनले माइतीघरमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी हुनु अघि विभिन्न समूहहरूले माइतीघरमा धर्ना, अनसन, प्रदर्शन लगायतका कार्यक्रम गर्दै आएका थिए ।
Related
Recent News
- नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइदैन- बालेन
- सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
- ताइवानमा ‘यागी’ आँधी: चार जनाको मृत्यु ७८ जना घाइते
- प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ- प्रचण्ड
- यस्तो छ आजको मौसम पूर्वानुमान
- जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ- प्रधानमन्त्री ओली
- आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
- नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ- प्रचण्ड
- अध्यक्ष नेपाल स्वदेश फिर्ता
- नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया