• १०:०० २०८० फाल्गुन १३ गते
  • 10:00 am

बिपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा मेयर हर्क साम्पाङले लगाएको ताला खोल्न अदालतको आदेश

प्रकाशित मिति

२०८० माघ ५ गते, शुक्रबार ०२:२६

bp

माघ ५, २०८० विराटनगर : उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ ।

उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा गरिएको तालाबन्दी खोल्न अदालतले आदेश दिएको हो । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटउपरको सुनुवाइमा उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।

अन्तरिम आदेशसँगै विपक्षीहरूलाई अदालतले कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

प्रतिकृया