• 11:12 am

अज्ञात समूहद्वारा ई लोडर रिक्शामा आगजनी

प्रकाशित मिति

२०८० पुष २७ गते, शुक्रबार ०३:०४

पुस २७, २०८० रौतहट : रौतहटको काटहरिया नगरपालिका ५ स्थित गएराती एक गाडीमा आगजनी भएको छ । स्थानीय छोटेलाल साह सोनारको सामान ढुवानी गर्ने मधेश प्रदेश .०३.००२स. २૪૪३ नम्बरको ई लोडर रिक्शामा राति साढे १२ बजे अज्ञात व्यक्तिले आगलागी गरेको हो ।

साहले बिहीबार काम सकेर आफ्नो घर अगाडी पार्किंङ गरि राखेका थिए । आगोको मुस्लो हेरेर छिमेकी संगै सनारले आगलागी भएको केही बेरमै घरका सदस्यहरु आगोलाई नियन्त्रणमा लिएको थियो । ढुवानी प्रयोजनमा प्रयोग हुने उक्त रिक्सामा आगलगी कसले गरेको हो खुल्न नसके पनि कुनै पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण सिंहले घटना बारे अनुसन्धान भईरहेको बताएका छन् ।

आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

प्रतिकृया