तनहुँको भिमादमा जिप दुर्घटना अपडेट : २ जनाको मृत्यु, १० जना घाइते
प्रकाशित मिति
२०८० पुष २५ गते, बुधबार ०१:५७

पुस २५, २०८० तनहुँ : तनहुँको भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीमा बुधबार बिहान भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनमा परी चालकसहित जिपमा सवार १० जना यात्रु घाइते भएका छन् ।
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नम्बरको जिप बिहान साढे ९ बजेतिर सडकबाट करिब १५० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
बौदीकाली गाउँपालिका-२ नवलपुरका ४२ वर्षीय रुमबहादुर विक र ५५ वर्षीय जेमलाल दरैको उपचारका क्रममा जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको डीएसपी खाँणले जानकारी बताए । प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
Related
Recent News
- एनआईसी एशिया बैंकका ग्राहकलाई ओम हस्पिटलमा १० प्रतिशत छुट
- बामदेव गौतमको दाबी: “म आन्दोलनको नेता, कहिल्यै असफल भएको छैन”
- भिभो र दराजबीच सहकार्य, महाबचत बजारको धमाका !
- एमाले पोलिटब्यूरो बैठक सुरु, विधान संशोधन प्रस्तावमाथि छलफल
- सञ्चित कोषमा २ खर्ब ४ अर्ब घाटा, राजस्व बढे पनि खर्च अझै बढी
- उच्च अदालतका न्यायाधीश भरत लम्सालको राजीनामा
- विद्या भण्डारीसँग शेखर कोइरालाको भेट, वैकल्पिक गठबन्धनको चर्चा तीव्र
- कर नतिर्ने १२२ करदाताविरुद्ध कारबाही सुरु
- ध्ययन बिदा सकिएर पनि नफर्किएका ६ वरिष्ठ इन्जिनियरलाई नेपाल टेलिकमको ३० दिनको अल्टिमेटम
- ज्योति विकास बैंक बन्यो ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया