• 2:35 pm

कांग्रेस नेता सिटौलाले दर्ता गराए उम्मेद्वारी, एमालेको एक बजे

प्रकाशित मिति

२०८० पुष २३ गते, सोमबार १२:३३

पुस २३, २०८० काठमाडौँ: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदकाका लागि उमेदवारी दर्ता गराएका छन् । बिहान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।

सिटौलाको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की बसेका छन् । उम्मेद्वारी दर्ताका लागि सिटौला हिजै विराटनगर पुगेका थिए ।

कोशीमा माओवादीबाट चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराउदै छिन् । सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार कोशीमा अन्यतर्फ कांग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भएको छ । माओवादीले महिलामा ओखलढुंगाकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ ।

कोशीबाट नेकपा एमालेले अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले एमाले उम्मेद्वार दर्ताका लागि १ बजेको समय छुट्टाएको छ ।

कोशीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका उपाध्यक्ष रहेका उद्धव पौडेललाई उम्मेदवार बनाएको छ ।

प्रतिकृया