• 2:36 pm

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले पनि लगायो आफ्नो उम्मेदवारको टुँगो

प्रकाशित मिति

२०८० पुष २२ गते, आईतवार ०४:५९

पुस २२, २०८० काठमाडौँ: आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। आज आइतबार बसेको पार्टीको सचिवालय बैठकले १९ उम्मेदवारको टुंगो लगाएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

फागुन २० गते २० राष्ट्रियसभा सदस्य पद रिक्त हुँदैछ । २० मध्ये माघ ११ मा १९ पदको निर्वाचन हुनेछ भने एक पद राष्ट्रपतिद्वारा मनोनीत गर्ने संवैधानिक प्रावधान छ ।

यो निर्वाचनमा सत्ता गठबन्धनले भने साझा उम्मेदवार तय गर्ने निर्णय गरेका छन्। फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन् ।

यी हुन् एमालेका उम्मेदवार

कोशी प्रदेश – महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर)

मधेश प्रदेश – महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी)

बागमती प्रदेश– महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता-अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ)

गण्डकी प्रदेश – महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ)

लुम्बिनी प्रदेश – महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा)

कर्णाली प्रदेश – महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख)

सुदूरपश्चिम प्रदेश – महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता-अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)

प्रतिकृया