प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमणमा जाने
प्रकाशित मिति
२०८० पुष २२ गते, आईतवार ०४:५०

पुस २२, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमणमा जाने तयारी भएको छ । जनवरी १७ देखि २० सम्म युगान्डाको काम्पालामा हुन लागेको असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जानेबारे तयारी भएको हो ।
प्रधानमन्त्री माघ १ गते युगान्डा प्रस्थान गर्नेगरी छलफल भइरहेपनि एकिन मिति भने तय भइनसकेको बालुवाटार स्रोतको भनाइ छ । सबै टुंगो लागेपछि परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । अहिले पनि ठोस कार्यक्रम तय भइनसकेको उनको भनाइ छ ।
शिखर सम्मेलनअघि युगान्डामै पराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ । यसअघि १८ औँ सम्मेलन अजरवैजानमा भएको थियो भने त्यसअघि सन् २०१६ मा भेनेजुएलामा सम्मेलन सम्पन्न गरिएको थियो ।
Related
Recent News
- हिम स्टार उर्जाको आईपीओ बाँडफाँड, १८ लाखभन्दा बढीको हात खाली
- मौद्रिक नीतिले शेयर बजारमा हरियाली
- यी कम्पनीमा झुम्मिए आज लगानीकर्ता
- मन्त्रीपरिषद् बैठकका २९ निर्णय यस्ता छन्
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- नवनियुक्त मन्त्री न्यौपानेको शपथग्रहण आज बेलुका ६ बजे
- भोलिदेखि सुनमा २% विलासिता कर लागू, मूल्य हुने भयो वृद्धि
- स्वास्थ्य मन्त्रालयको एक वर्ष : उपलब्धिसँगै कार्यान्वयनमा चुनौती
- फेरी अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट
- भारतको बैतडी–दार्चुला सीमा नाका बन्द हुने
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया