• १०:२२ २०८० फाल्गुन १३ गते
  • 10:22 am

नेपाल धितोपत्र बोर्डले दियो नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्ने अनुमति

प्रकाशित मिति

२०८० पुष २२ गते, आईतवार ०१:२४

narayani1

पुस २२, २०८० काठमाडौँ: नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले स्वीकृति दिएको छ।

बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न भदाै ९ गते, बिहीबार सेबाेनमा निवेदन दिएकाे थियो । बैंकले हकप्रद निष्कासन प्रयाेजनका लागि ग्लोबल आइएमई क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको छ।

चितवन जिल्लाको रत्ननगर नगरपालिका, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय छ ।

प्रतिकृया