• 10:41 pm

समाजवादीले दुई सीटमै चित्त बुझाएपछि सत्तागठबन्धनमा भागबन्डा मिल्यो

प्रकाशित मिति

२०८० पुष २२ गते, आईतवार १२:२८

पुस २२, २०८० काठमाडौँ: आसन्न राष्ट्रियसभा निर्वाचनमा एकीकृत समाजवादीले दुई सीटमै चित्त बुझाएपछि सत्तागठबन्धनमा भागबन्डा मिलेको हो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

सहमतिअनुसार १९ सिटमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले पाउनेछन् ।

शनिबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले ११, माओवादीले ६, एस र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले एक–एक सिट दाबी गरेका थिए । चार दलले धेरै सिट दाबी गरेको भन्दै जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा बैठकबाट बाहिरिएका थिए ।

प्रतिकृया